NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आपूर्ति चुस्त पार्न उद्योग मन्त्रालयद्वारा ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाको आपूर्तिका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरोकारवाला मन्त्रालयका अधिकारी सम्मिलित टिम बनाएको जानकारी दिएको छ । मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकेको छ । आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालयका सह–सचिव प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय प्रवक्ता सह–सचिव डाक्टर नारायणप्रसाद रेग्मीलाई जिम्मेवार व्यक्ति तोकिएको छ ।