NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र कार्यालयका कर्मचारीलाई कोरोना पुष्टिपछि कांग्रेस बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि कांग्रेस केन्द्रीय समितिको बुधबार बस्ने बैठक स्थगित भएको छ । बैठक अघि केन्द्रीय सदस्य र कर्मचारीहरुको पीसीआर परिक्षण गरिएको थियो । कोरोना देखिएका कर्मचारीमा मुक्ति आचार्य, रेशम कुमाल र रामचन्द्र घिमिरे रहेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।