NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कर्णालीका तीन मन्त्री फेरि सपथ खाँदै

धर्मराज जिसी/सुर्खेत फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका एमालेका तीनजना मन्त्रीले पुनः सपथ खादैछन् । यसअघि एमालेको माधवकुमार नेपाल समूहको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश मन्त्रीको सपथ लिएका मन्त्रीको प्रदेशसभा पदबाट एमालेले निष्काशन गरे पछि पुनः सपथ खान लागेका हुन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिङ बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले दिउँसो सपथ खाने कार्यक्रम तय भएको मुख्यमनत्री महेन्द्र बहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । फ्लोर क्रस गरेको आरोपमा एमालेले प्रकाश ज्वालासहित तीन जना मन्त्रीलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गरेपछि उनीहरुको मन्त्री पद पनि गएको थियो । मुख्यमन्त्री शाहीले उनीहरुलाई पुन मन्त्रीपदमा नियुक्त गरेपछि सपथ खुवाउन लागिएको हो । मुख्यमन्त्रीका सल्लाहकारका अनुसार खाली रहेको सामाजिक विकास मन्त्रालयले भने यो पटक पनि मन्त्री नपाउने भएको छ । नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेपछि सामाजिक विकास मन्त्रालय नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।