NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कर्णालीमा थप तीन कोरोना संक्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा बुधबार दिउँसोसम्म थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका दुई र एक जना दैलेखका रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । कोरोना पुष्टिपछि गम्भीर बनेका उनीहरु एक सातादेखि आईसीयूमा उपचाररत थिए । यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । योसँगै कर्णालीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।