NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कर्णालीमा सांसद पद गुमाएका तीन जनाले फेरि लिए मन्त्रीको सपथ

सुर्खेत । फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई पुनर्जिवन दिएका एमालेका तीनजना मन्त्रीले फेरि सपथ खाएका छन् । यसअघि एमालेको नेपाल समूहको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश मन्त्रीको सपथ लिएका मन्त्रीलाई प्रदेशसभा पदबाट एमालेले निष्काशन गरेपछि पुनः सपथ लिएका हुन् । कर्णाली प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिङ बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पद तथा गोपिनियताको सपथ खुवाएका हुन् । फ्लोर क्रस गरेको आरोपमा एमालेले नेपाल समूहका प्रकाश ज्वालासहित तीन जना मन्त्रीलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गरेको थियो । कोरोनोका दोस्रो चरणको प्रकोप फैलिरहेको अवस्थामा पनि सामाजिक विकास मन्त्रालयले विभागीय मन्त्री पाउन सकेन । अहिले आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले सामाजिक विकास मन्त्रालयको काम काज पनि हेर्दै आएकी छन् । सरकारलाई समर्थन गरेपछि सामाजिक विकास मन्त्रालय नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।