NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चन्द्रबहादुर खड्का पनि राष्ट्रियसभा सदस्यबाट पदमुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन् । खड्काले दल परित्याग गरेको भन्दै संसदीय दलका नेता दीनानाथ शर्माले उनको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए । वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रियसभा सचिवालयमा पत्र पुगेको थियो । सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ। अर्घाखाँचीका खड्का नेकपा एमाले प्रवेश गरेका छन् । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ । राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र अर्को चुनाव गर्नुपर्ने व्यवस्था छ ।