NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जसपाका १२० नेताविरुद्धका मुद्दा सरकारद्वारा फिर्ता (सूचीसहित)

काठमाडौं । सरकारले जनता समाजवादी र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको बताए । जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङको भनाइ छ । यसरी मुद्दा फिर्ता लिएका व्यक्तिको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने उनले बताए । नेपाल सरकार वादी भई चलेका मुद्दा फिर्ता लिइएका व्यक्तिहरू