NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मतदान अघि गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायव

काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वसको प्रस्तावमा भोटिङ हुने बेलासम्म पनि गण्डकी प्रदेशमा जनमोर्चाका सांसद अनुपस्थि भएका छन् । प्रदेशसभा सदस्य खिमबिक्रम शाही सभा स्थलमा परिसरमा नदेखिएका हुन् । जनमोर्चाका सांसद अनुपस्थित भए अविश्वास प्रस्ताव फेल हुन सक्नेछ । अर्का स्वतन्त्र सांसद दिपक मनाङगेको पनि फोन अफ रहेको बुझिएको छ । ६० सदस्यीय सभामा अविश्वास प्रस्ताव पास हुन् ३१ सांसदको भोट आवश्यक पर्छ । यस्ताे छ अंकगणित गण्डकी प्रदेशमा ६० सांसद छन् । जहाँ सरकार गठनका लागि ३१ सांसद भए बहुमत पुग्छ । गण्डकी प्रदेशसभामा एमालेबाट २७ सांसद छन् । कांग्रेसका १५, माओवादीबाट सभामुखसहित १३ जना सांसद छन् । जनमोर्चाबाट ३ र जनता समाजवादीका तर्फबाट २ जना सांसद छन् । मनाङबाट स्वतन्त्ररुपमा चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङगे)को साथ पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई रहँदै अाएकाे थियाे । यस्तोमा माओवादीबाट समर्थन नहुँदा एमालेलाई २८ मा थप तीन सिट आवश्यक पर्छ । यसका लागि ३ सिट भएको जनमोर्चाको मत भए बहुमत पुग्छ । माअाेवादी र जनमाेर्चा दुवैले फिर्ता लिइसकेका छन् । एमालेका माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले समर्थन नगरे सुब्बालाई बहुमतमा टिक्न गाह्रो पर्ने देखिएको छ । उनले अहिलेसम्म कुनै निर्णय भने गरिसकेका छैनन् । एमालेको विकल्पमा सरकार गठन गर्ने भए १५ सिट भएको कांग्रेस, १३ सिट भएको माओवादीलाई जनमोर्चाको साथ भए पुग्छ । एमाले बाहेक कांग्रेस, माओवादी, जनमोर्चा र जसपा एक ठाउँमा उभिए गुरुङको ठाउँमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्छ । तर, एक्लै २८ सिट भएको एमालेलाई जनमोर्चाका तीन सांसदले साथ दिए विकल्पमा सरकार बन्ने अवस्था आउँदैन ।