NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

गण्डकी प्रदेशसभा नाटकीय मोडमा, भोटिङकाे मुखैमा बैठक स्थगित

काठमाडौं । जनमोर्चाका सांसद खिलविक्रम शाही गायव भएपछि अविश्वास प्रस्तावमाथि भोटिङको मुखैमा गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । आफ्ना सांसदको खोजी गर्न माग गर्दै जनमोर्चाका नेता पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् । जनमोर्चाका सांसद अनुपस्थित भए अविश्वास प्रस्ताव फेल हुन ;सक्थ्याे । शाही बुधबार दिउसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना भएको उनको स्वकीच सचिवालयले जनाएको छ । शाहीका स्वकीय सचिव मिलन हमाल शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएकोले अस्पताल भर्ना दाबी गरेका छन् । उनी पोखराकाे चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका छन् । ६० सदस्यीय सभामा अविश्वास प्रस्ताव पास हुन् ३१ सांसदको भोट आवश्यक पर्छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मतदान अघि स्वतन्त्र सांसद दिपक मनाङगे पनि सभा स्थलमा देखिएका थिएनन् । बुधबार नै उक्त प्रस्ताव उपर मतदान गर्ने कार्यसूची थियो । तर, जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात भएकोले र संसद बैठकमा उपस्थित हुने अवस्था नआउँदासम्म बैठक स्थगित गर्न माग गरेको थियो । यस्ताे छ अंकगणित गण्डकी प्रदेशमा ६० सांसद छन् । जहाँ सरकार गठनका लागि ३१ सांसद भए बहुमत पुग्छ । गण्डकी प्रदेशसभामा एमालेबाट २७ सांसद छन् । कांग्रेसका १५, माओवादीबाट सभामुखसहित १३ जना सांसद छन् । जनमोर्चाबाट ३ र जनता समाजवादीका तर्फबाट २ जना सांसद छन् । मनाङबाट स्वतन्त्ररुपमा चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङगे)को साथ पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई रहँदै अाएकाे थियाे । यस्तोमा माओवादीबाट समर्थन नहुँदा एमालेलाई २८ मा थप तीन सिट आवश्यक पर्छ । यसका लागि ३ सिट भएको जनमोर्चाको मत भए बहुमत पुग्छ । माअाेवादी र जनमाेर्चा दुवैले फिर्ता लिइसकेका छन् । एमालेका माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले समर्थन नगरे सुब्बालाई बहुमतमा टिक्न गाह्रो पर्ने देखिएको छ । उनले अहिलेसम्म कुनै निर्णय भने गरिसकेका छैनन् । एमालेको विकल्पमा सरकार गठन गर्ने भए १५ सिट भएको कांग्रेस, १३ सिट भएको माओवादीलाई जनमोर्चाको साथ भए पुग्छ । एमाले बाहेक कांग्रेस, माओवादी, जनमोर्चा र जसपा एक ठाउँमा उभिए गुरुङको ठाउँमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्छ । तर, एक्लै २८ सिट भएको एमालेलाई जनमोर्चाका तीन सांसदले साथ दिए विकल्पमा सरकार बन्ने अवस्था आउँदैन । याे पनि पढ्नुस्  मतदान अघि गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायव बेपत्ता भएका जनमोर्चाका सांसद कोभिडवार्डको आईसीयूमा भेटिए