NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड व्यवस्थापन संयोजक ईश्वर पोखरेललाई मानव अधिकार आयोगले बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी) का संयोजक तथा उपप्रधामन्त्री ईश्वर पोखरेललाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आयोगका सदस्य लिली थापा र सहसचिव मुरारी खरेलले उपप्रधानमन्त्री पोखरेलसँग भेट गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले नागरिकको स्वास्थ्यका विषयमा सरकार सरकारले गम्भीरतापूर्वक काम गरिररहेको बताए । ‘नागरिकको स्वास्थ्यका विषयमा हामी गम्भीर छौं, बढ्दो संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न आवश्यक सम्पूर्ण कदम चाल्न सरकार तयार छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘संक्रमित बढी भएको सहरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जनताको सकारात्मक सहयोगको जरुरत छ । स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्छ ।’ उपप्रधानमन्त्री पोखरेलले आयोगले उठाएका अधिकांश विषय सीसीएमसीको सिफारिसमा वैैशाख १३ को मन्त्रिपरिषद बैठकबाट निर्णय भएको जानकारी गराएका थिए । बाँकी विषयहरु सीसीएमसीको बैठकमा पेश गरी कार्यान्वयन गराउन उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिवलाई निर्देशन दिएका छन् । आयोगका सहसचिव पोखरेलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका सन्दर्भमा सीसीएमसीको सिफारिसपछि मन्त्रिपरिषदले गरेको निर्णयहरु समय सापेक्षित र सकारात्मक रुपमा भएको जानकारी दिए । मन्त्रिपरिषद्का निर्णयहरु कार्यान्वयन गरी जनताको जीवन बचाउन तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा आयोगको ध्यानाकर्षण रहेको सहसचिव खरेलले बताए । आयोगले सीमा क्षेत्रमा सञ्चालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रहरुलाई यथाशीघ्र व्यवस्थापन गरी सञ्चालन गर्न, स्थानीय तहमा समेत क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रहरु सञ्चालन गर्न, कोभिड १९ को बिरामीको उपचारका लागि थप साधन, स्रोत र जनशक्तिको ब्यवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।