NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

बाबुराम भट्टराई ट्युमरको शल्यक्रिया गर्न वीर अस्पताल भर्ना हुँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बिहीबार अस्पताल भर्ना हुने भएका छन् । वीर अस्पतालका डा. सुवोध अधिकारी नेतृत्वको टोलीले भट्टराईको न्यूरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्ने भएका छन् । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए । त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो । चिकित्सकहरुले ट्युमर भने चाँडै शल्यक्रिया गरेर फाल्नुपर्ने सुझाव दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष