NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

१७ देशमा पाइयो भारतीय भेरियन्टको भाइरस, पहिलो लहरभन्दा खतरनाक रहेको डब्लुएचओको चेतावनी

काठमाडौं । कोरोना भाइरसको ‘भारतीय भेरियन्ट’ जसलाई बी.१.६१७ नामले या दुई पटक रुप बदलिसकेको भेरियन्टका रुपमा पनि पहिचान गरिन्छ । यही भेरियन्ट कम्तिमा पनि १७ देशमा फैलिएको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो एकसातामै विश्वभर करिब ५७ लाखलाई कोरोना संक्रमण भएको छ । यो तथ्यांकले यसअघिको लहरको सबै चरम सीमालाई पार गरेको छ । संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले आफ्नो साप्ताहिक महामारी सम्बन्धी जानकारीमा सार्स–सीओभी–२ को बी.१.६१७ अर्थात भारतीय भेरियन्टको कोरोना भाइरसको संक्रमण भारतमा मात्रै नभइ विश्वका १७ देशमा फैलिएको बताएको छ । ‘२७ अप्रिलसम्म जीआईएसएआइडीमा करिब एक हजार दुईसय सिक्वेन्स अपलोड गरिएको छ । वंशावली बी.१.६१७ को संक्रमित कम्तिमा पनि १७ देशमा पाइएको छ’ एजेन्सीले भनेको छ । सन् २००८ मा जीआइएसएआइडीको स्थापना भएको थियो । वैश्विक विज्ञानको पहल र प्राथमिक स्रोतका रुपमा यसलाई स्थापना गरिएको हो । यसले अहिले इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसको वैश्विक महामारीका लागि जिम्मेवार कोरोनाको जिनोम तथ्यांक संकलन गरिरहेको छ । एजेन्सीले अघि भनेको छ, ‘प्यांगो वंशावली बी.१.६१७ भित्र सार्स–कोभ–२ फैलिँदै गरेको भेरियन्टको हाल भारतबाट एक भिओआइका माध्यमबाट जानकारी प्राप्त भएको थियो । डब्लुएचओले हालै भीओआईमार्फत यो जानकारी साझा गरेको हो । अध्ययनबाट दोस्रो लहरको प्रसार भारतमा पाइएको पहिलो लहरभन्दा निकै तिव्र देखिएको छ ।’ विश्व स्वास्थ्य निकायको रिपोर्टअनुसार जीआइएसएआइडीलाई दिइएको सिक्वेन्समा आधारित भएर विश्व स्वास्थ्य संगठनले प्रारम्भिक प्रतिरुपण सार्वजनिक गरेको हो । संगठनले अध्ययनका क्रममा भारतमा देखिएको दोस्रो लहरको भेरियन्ट अन्य भेरियन्ट भन्दा निकै तिव्र गतिमा विकसित भइरहेको र ज्यादा संक्रामक पनि भएको बताएको छ । विश्व स्वास्थ्य संगठनले पनि लापरबाही र स्वास्थ्य प्रोटोकल पालना नगरेकै कारण यसको फैलावट तिव्र भएको बताएको छ । एजेन्सी