NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निषेधाज्ञामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको शव ल्याउन रोकिँदैन : बोर्ड

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घरसम्म निःशुल्क ढुवानी गर्दै आएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना सङ्क्रमणले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै आजदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेका छन् । उपत्यकामा निषेधाज्ञा जारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई सेवा भने रोकिएको छैन । दैनिक औषत दुई/तीनवटा शव विमानस्थलमा आउने गरेका छन् । (रासस)