NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कोरोना रोकथाम र प्रतिकार्यका लागि कर्णाली सरकारले छुट्यायो एक अर्ब बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचार तथा प्रतिकार्यका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले छुट्याएको उक्त रकमध्ये ५० करोड रुपैयाँ विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले जानकारी दिइन् । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिने निर्णय पनि गरेको छ । चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको मन्त्री केसीले बताइन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री केसीले प्रदेशमा भित्रिने सबै नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टीजेन र स्क्रिनिङको व्यवस्था मिलाइएको बताइन् ।