NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्चः पाँच हजार संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं । कोरोनाको पहिलो लहरदेखि दोस्रो लहरको हालसम्म आइपुग्दा नेपालमा बिहीबार अहिलेसम्मकै धेरै संख्यामा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । मृत्युदर हेर्दा यो तथ्यांक नेपालमा कोरोना सुरु भएदेखि हालसम्मकै उच्च हो । बिहीबारको तथ्यांकसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ४६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा करिब पाँच हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । १२ हजार ९५७ पीसीआर र ९६३ इन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार ८ सय ८८ जना कोरोना भाइरसको संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् । सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या दुई लाख ८० हजार १६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५९ जना आईसीयूमा उपचाररत छन् ।