NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई कैद

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेमध्ये तीन जनालाई कैद सजाए भएकाे छ। प्रहरीले निषेधाज्ञा उल्लंघन गरी प्रहरी प्रशासनलाई अवराेध गरेकाे आराेपमा आठ जनालाई बिहीबार नियन्त्रणमा लिएकाे थियाे। उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकामा ७ जनालाई एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १ सय र एक महिलालाई जरिवाना बापत ६ सय जरिवाना तोकिएको थियो । ती मध्ये ५ जनालाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना कारागार चलान भएकाे स्थानीय प्रशासनले जानकारी दिएकाे छ। जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार ८ जनालाई सम्झाई बुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई डिउटीमा बाधा अबरोध पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाइएको छ।