NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । यसका लागि सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे सभापति देउवाको आफ्नै निवास बुढानिलकण्ठमा हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बिहीबारदेखि काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषाेधाज्ञा गरिए पनि स्वास्थ्य उपचार, मेडिकल पूर्वाधार र सामग्रीको बेलैमा व्यवस्था गर्न सरकार चुकिरहेको टिप्पणी भइरहेको छ । यस्तोमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका कामको समिक्षा गर्नुका साथै सभापति देउवाले थप ध्यानाकर्षण गराउने बुझिएको छ ।