NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

काठमाडौंका ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु, यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि ५ स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्‌याउन नसक्दा अकालमा ज्यान जानसक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले ५ स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् । राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा-३ कार्यालय परिसर महाराजगञ्ज, वडा-१५ परिसर स्वयम्भू र वडा-७ कार्यालय परिसर मित्रपार्कमा दुई/दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ । यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । उक्त सेवा प्रदान गर्नका लागि कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसबापत सङ्घले १५ दिनका लागि चौबिसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैनन् । यो सुविधा महानगरबाट २ किलोमिटर दूरीसम्मका लागि मात्रै हो तर डायलासिस र क्यान्सर रोगीको उपचारका लागि भने त्यसभन्दा टाढा पनि जानुपर्नेछ । उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा वा एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ । एम्बुलेन्स र चालकबारे जानकारी : स्थान : चावहिल, वडा-७ परिसरएम्बुलेन्स नम्बर : बा३च २७६६ र बा१०च ७८५६चालक र सम्पर्क नम्बर : अजय लामा ९८४१०५४७६८ र उद्धव भण्डारी ९८४११४०६२२ स्थान : स्वयम्भू, वडा-१५ परिसरएम्बुलेन्स नम्बर : ना२च ७७५४ र बा१०च ४३७३चालक र सम्पर्क नम्बर : शङ्कर दाहाल ९८०८२७९८१९ र डम्बर गुभाजू ९८८१३८७२१७ स्थान : महाराजगन्ज, वडा-३ परिसरएम्बुलेन्स नम्बर : बा१२च २३६० र बा६च २८२चालक र सम्पर्क नम्बर : श्याम श्रेष्ठ ९८१३२४६०८६ र कृष्ण गुरुङ ९८०८२९२५५० स्थान : ट्रली बस मीनभवनएम्बुलेन्स नम्बर : बा१८च ५६५७ र ना२च ४१२०चालक र सम्पर्क नम्बर : सोमबहादुर तामाङ ९८४०९१६२६२ र सविन थापा ९८४०२४१४४९ स्थान : सभागृह, प्रदर्शनी मार्गएम्बुलेन्स नम्बर : बा६च ९१०० र बा५च ५७५९चालक र सम्पर्क नम्बर : गोवर्द्धन सापकोटा ९८५१०८२४२५ र तुलसिंह तामाङ ९८१८४३९५९५