NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

शंकर पोखरेललाई साथ दिएका जसपा लुम्बिनीका चार सांसदलाई निष्काशन

काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार जना प्रदेश सांसदलाई पार्टी र प्रदेसभा सदस्यबाट निश्कासन गरेको छ । जसपा संसदीय दलको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका चारै मन्त्रीलाई पार्टी सदस्य र सांसदबाट निष्काशन गरेको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदले नै साँझ मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउने आश्वास दिएपछि लाइन फेरेका थिए । साथै उनीहरुमध्ये तीन जना अहिले मन्त्री बनेका छन् । जसपाले चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल पार्टी र प्रदेश सांसदबाट निष्काशन गरेको जानकारी दिएको छ । जसपा लुम्बिनी प्रदेश संसदीय दलको सिफारिसमा केन्द्रीय समितिले कारबाही गरेको हो । यद्यपि जसपाकै अर्काे खेपा महन्थ ठाकुर पक्षले भने कुनै कारबाही नगरेको जनाएको छ । महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा लाइन बदलेर मन्त्री बनेका र अर्का सांसदलाई कुनै कारबाही नगरिएको बताएका छन् ।