NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एमसिसी अमेरिकाले सित्तैमा दिएको सहयोग हो : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाले गर्ने भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) काे आर्थिक सहयोग सित्तैमा आएको बताएका छन् । कोभिड नियन्त्रण सम्बन्धका विषयमा सुझाव दिन आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बिना ब्याजमा एमसिसीको सहयोग सित्तैमा आएको बताएका हुन् । ‘एमसिसी मैंले मात्र होइन । बाबुराम, सुशीलको पालादेखिकाे विषय हाे । अमेरिकी याे सहयोगमा ब्याज दिनुपर्ने छैन । सित्तै दिएको सहयोग हो । तर सहयोगमा भ्रम फैलाए’ देउवाले भने, ‘अमेरिकी सेना आउँछ भनेर झुटा प्रचार गरियो । यस्तो केही हुँदैन । यो नचाहिँदो हल्ला हो ।’