NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सरकारले भन्यो, ‘अब अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आयो’

कोरोना भाइरसको संक्रमण व्यापक हुँदा सरकारले अस्पतालमा बिरामीका लागि शय्या उपलब्ध गराउन नसकिने बताएको छ । देशका विभिन्न ठाउँमा बेड अभावका कारण बिरामीले ज्यान गुमाइरहेको खबर आउन थालेपछि सरकार आफैंले नै अब स्वास्थ्य संरचनाले बिरामीको चाप धान्न नसक्ने बताएको हो । स्वास्थ्य तथा जनुंख्या मन्त्रालयले सर्वसधारणका नाममा अपील गर्दै स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमितको संख्या बढेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा‍. समिरकुमार अधिकारीले सार्वजनिक गरेको अपीलमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयले भनेको छ, ‘संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू (मास्क लगाऔं, भौतिक दुरी पालना गरौं, बेलाबेलामा साबुनपानीले हात धुनु) नै उत्तम उपाय हुन् ।’