NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नबिल बैंकले युनाइेट फाइनान्सलाई गाभ्ने, स्वाब रेसियो पनि तोकियो

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । बैंक र फाइनान्सले शुक्रबार प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो एक सय कित्ता बराबर फाइनान्सलाई ३५ कित्ता दिने गरी स्वाब रेसियोमा गाभ्ने सहमति गरेको छ । नबिल सँग गाभिएपछि फाइनान्सका एक सय कित्ता भएका सेयर धनीहरुको सेयर नबिलको ३५ कित्ता भएर आउनेछ । नेप्सेमा बिहीबारसम्म नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता एक हजार २७० रहेको छ भने फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४ सय २३ छ । एक्वार प्रक्रियाको लागि आइतबारदेखि नेप्सेमा फाइनान्सको सेयर कारोबार रोक्का रहने छ भने नबिलको चालू नै रहने छ । नबिल बैंकमा ५० प्रतिशत लगानी विदेशी रहेको छ भने फाइनान्समा भारतको मुथुट फाइनान्सको लगानीमा छ ।