NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

असारपछि कोरोना बिमा बन्द हुने

काठमाडौं । आगामी असार पछि कोरोना बिमा पोलिसी बन्द हुने भएको छ । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिले असार पछि यो पोलिसी बन्द गर्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अहिले पनि कोरोना नलागेकाले बिमा गर्न पाइन्छ । तर, अहिले बिमा गर्नेहरूको भने असार मसान्तसम्म मात्रै रिकभर हुनेछ । यसरी असार मसान्तसम्म अवधि रहनेगरी बिमा गरेकाहरूमा संक्रमण भए बिमा रकम पाउनेछन् । बिमा समितिले अघिल्लो वर्ष संक्रमित भएमा पहिलो चरणमा १ लाख र पछि ५० हजार रुपैयाँ पाउनेगरी दुईवटा पोलिसी बनाएको थियो । दुई चरणमा बिक्री भएका पोलिसीमध्ये एउटा चैत मसान्तमा सकिएको छ भने अर्को असार महिनासम्म रहेको छ ।