NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

काभ्रेमा पनि आइतबार मध्यरातबाट निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमित बढेपछि काभ्रे जिल्लामा भोलि आइतबार मध्यरातिबाट निषेधाज्ञा लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले वैशाख १९ मध्यरातदेखि २६ गते मध्यरातसम्म एक हप्ताको लागि निषेधाज्ञा लगाउने घोषणा गरेको हो । निषेधाज्ञामा सार्वजनिक र निजी सवारीमा रोक लगाइएको छ । निषेधाज्ञा जारी गरिएको स्थानमा हिड्डुलसमेत गर्न पाइने छैन । अत्वश्यक सामग्री बोकेका सवारीसाधन भने चलाउन पाइने छ । मुख्य गरी अरनिको रागमार्गको साँगाबाट बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ । त्यस्तै, बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडक खण्डको दायाबायाँ ५०० मिटरसम्म सवारीसाधन चलाउन पाइने छैन । बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटार खण्डसम्म भने सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गर्नमा रोक लगाए पनि त्यसभित्र कुनै रोकावट गरिएको छैन ।