NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना नियन्त्रण गर्न अमेरिकाले नेपाललाई एक अर्ब अनुदान दिने

काठमाडौं । अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख रुपैयाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फ उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन् । ‘कोभिड–१९ विरुद्ध ठूलो संघर्ष गरेको आफ्नो मुलुक, नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ,’ उनले ट्विटरमा लेखेका छन् ।