NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

काठमाडाैंमा बिहानै वर्षा, आजकाे माैसम कस्ताे छ ?

आइतबार बिहान वर्षा भइरहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ। हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। आइतबार दिउँसो देशभर पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहनेछ। बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। आइतबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ। सोमबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ। साेमबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।