NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

तुलसीपुरमा पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव, प्रहरीको विशेष टोलीबाट अनुसन्धान

दाङ तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको ८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति तीन बालक मृत फेला परेका हुन् । शव गन्हाइसकेको अवस्थामा रहेको र घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशषेज्ञ टोली आइपुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए । घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट आएको कुकुर सहितको प्रहरीको बिशेष टोली घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले बताए ।‘बिशेष टोली आईपुगेपछी मात्रै शवहरु हेरिएको छ । शवलाई पोष्टमार्टमको लागी अस्पताल पु(याइएको छ उनले भने–‘घटनाको सबै पक्षको अनुसन्धान पछि विस्तृत कुराहरु बाहिर ल्याउने छौं ।’ नेपाल समाचारपत्रमा खबर छ।