NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रदेश २ मा ३६२ जना संक्रमित थपिए, २ जनाको मृत्यु

सिरहा। प्रदेश २ मा गत २४ घण्टामा ३६२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जारी गरेको विवरण अनुसार गत २४ घण्टामा आरटी पिसिआर परीक्षण ६२० जनाको गरिएको छ । यस्तै ७ जनाको एन्टिजेन विधिवाट परीक्षण गरिएको छ । ३५९ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै एन्टिजेन परीक्षणवाट ३ जना नयाँ संक्रमित थपिएको निर्देशनालले जनाएको छ । सवैभन्दा वढी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २८२ जनाको पिसिआरको परिक्षणमा १७५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसपछि नारायण उपक्षेत्रीय अस्पताल विरगंज पर्सामा १९२ जनाको पिसिआर स्वाबको परीक्षण गर्दा १४५ जना नयाँ संक्रमित थपिएका छ । यस्तै पिसिआर प्रयोगशाला सिरहामा ११० जनाको स्वाबको परीक्षण गर्दा १९ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा १२ वटा स्वाब संकलनको नजितामा ९ जना संक्रमित देखिएका छन् । एन्टिेजेनवाट पर्सामा ६ जनाको परीक्षण गर्दा २ र सप्तरीमा एक जनाको परीक्षण गर्दा संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ । २ जना मृतक थपिए विरगंज मनपा ९ की ७४ वर्षिया महिला, छिपहरमाई गापा ३ पर्साका ३५ वर्षिय पुरुष गरी दुई जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । यससँगै प्रदेश २ मा २३५ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पर्सा १ भारतीय सहित ७०, सप्तरी ४१, सिरहा र बारा २६/२६, धनुषा २५, महोत्तरी २१, सलार्ही १५ र रौतहटमा ११ जनाको मृत्यु भएको छ ।