NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पूर्वरानी कोमलको स्वास्थ्य स्थिति जटिल तर स्थिर

काठमाडौँ । कोभिड संक्रमण पश्चात अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य जटिल तर स्थिर बनेको छ । प्लाज्मा थेरापीबाट नर्भिक अस्पताल थापाथलीमा उपचार गराइरहेकी उनको स्वास्थ्यमा स्थिर सुधार रहेको अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न एक चिकित्सकले प्लाज्मा थेरापी विधिबाट उपचार भएपछि स्वास्थ्य थप नबिग्रिएकाले स्थीर तर जटिल भनिएको बताए । अहिले पनि कोमललाई भेन्टिलेटरमा अक्सिजनको उच्च सहायतामा राखिएको छ । नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले कोमलको स्वास्थ्य थप नबिग्रिएको बताए । उनले भने, अक्सिनको ‘हाई सर्पोट’ मा हुनुहुन्छ । थप उपचार भइरहेको छ । उनले रानी कोमलको समग्र स्वास्थ्यमा सुधार भएको तर भेन्टिलेटरको सर्पोटबाट अहिले बाहिर निकाल्न सक्ने स्थिति नरहेको बताए । यस्तै कोभिड संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्था भने सामान्य रहेको अस्पतालका जनसम्पर्क अधिकृत बास्तोलाले जानकारी दिए । कोभिड संक्रमण भएर पखला लागेपछि खनाल दुई दिनअघि अस्पताल भर्ना भएका थिए । खनाल पनि अक्सिजनको सहायता आवश्यक परेको अस्पतालले जनाएको छ । ‘उहाँलाई पनि अक्सिनको सहायता आवश्यक छ तर बाँकी स्वास्थ्य अवस्था सुधारउन्मुख छ ।