NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

नेपालमा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव, वर्षाकाे सम्भावना कति ?

नेपालमा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। यसबाहेक पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्रकाे पनि प्रभाव रहेकाे छ। जसकारण साेमबार बिहान प्रदेश १, प्रदेश २ तथा पहाडी भूभागका केहि स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा आंशिक बदली छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसाे देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साेमबार राति पहाडी भूभागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा वर्षाको सम्भावना छ।