NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एकैदिन वीरगञ्जमा थपिए १०४ संक्रमित

वीरगञ्ज । सोमबार वीरगञ्जमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति १ सय ९२ वटा स्वाब नमूनाको परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । संक्रमण पुष्टि भएका १०४ मध्ये पर्सा जिल्लाका ८८ जना छन् । ती मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ७९ जना हुन् । यस्तै बारा जिल्लाका ११, रौतहटका ४ र सर्लाहीका १ जनामा पनि आइतवार राति संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए । यसअघि शनिबार राति पनि नारायणी अस्पतालकै प्रयोगशालामा १ सय ९२ जनाको परीक्षण गर्दा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा बैशाख १ गते देखि यता आइतबार रातिसम्म १ हजार ७ सय ९७ जनामा संक्रमण भेटिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ देखि १९ गतेसम्म २ हजार ९ सय ७५ जनाको कोरोना जाँच गर्दा १ हजार ७ सय ९७ जनामा संक्रमण भेटिएको छ ।