NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

वागमती किनारमै जलाउन थालियो संक्रमितको शव [भिडियो]

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वागमती किनारमै जलाइएको छ । सोमबार शवगृहमा मेसिन बिग्रिएपछि संक्रमितको लास वागमती किनारमा जलाइएको थियो । एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वागमती किनारमै शव व्यवस्थापन गरिएको हो । शव चलाउने स्थान बनाउन सोमबार बिहानैदेखि डोजर प्रयोग गरिएको थियो । डोजरले स्थान बनाएपछि संक्रमितहरुको शव जलाउन थालिएको हो । नियमित संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि उकालो लाग्दा विद्युतिय शवगृहमा जलाउन सम्भव नभएका कारण लाश बागमती किनारमा चितामा जलाउन थालिएको छ । हेर्नुहाेस भिडियाेः https://www.youtube.com/watch?v=aP3cXnjKTO4