NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कोरोनासँग जुध्न प्रदेश २ मा स्वास्थ्यकर्मीको दरबन्दी थपियो

काठमाडौं । प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्नका लागि विभिन्न पदमा स्वास्थ्यकर्मीको दरबन्दी थपेको छ । प्रदेशभरिका अस्पताल तथा प्रयोगशालामा अस्थायी दरबन्दीमा स्वास्थ्यकर्मी थप गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १ सय ७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागी १५/१५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कोरोना विशेषका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।