NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

वैदेशिक राेजगारीमा संकट, रोजगारी गुमाएर फर्किए साढे ४ लाख नेपाली

काठमाडाैँ । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स ९यूएई० बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन्। मलेसियाबाट ४८ हजार ४ सय ३५, साउदी अरबबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्किएका छन्। सिंगापुरबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मकाउबाट ३ हजार १ सय ६४ जना छन्। बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अस्ट्रेलियाबाट १ हजार २ सय ४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असज परिस्थितिका कारण स्वदेश फर्किएका हुन्। भारतबाट विभिन्न नाका हुँदै करिब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथ्यांकमा समेटिएको छैन। कोरोना भाइरसको दोस्रो लहरले वैदेशिक रोजगार प्रभावित भएको छ। पछिल्लो समयमा निशेधाज्ञासहित हवाई उडानसमेत बन्द गरिएका छन्। नेपालमा दोस्रो लहर सुरु हुनुअघि वैदेशिक रोजगार सहज हुन थाले पनि पछिल्लो समयमा प्रभावित बन्न पुगेको छ। सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो। तर, रोजगारी सिर्जना हुने कुनै कार्यक्रम अघि बढाइएको छैन। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई सय दिने रोजगारी दिने घोषणा गरिए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। अन्य रोजगारीका सिर्जनाका कुनै पनि पहल थालिएको छैन। अन्नपूर्ण पाेस्टमा खबर छ।