NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना

मंगलबार बिहान प्रदेश २ र प्रदेश १ का केही क्षेत्रमा वर्षा भएको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू(भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव छ। जसकारण मंगलबार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा बदली रहनेछ भने प्रदेश २, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मंगलबार राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ। बुधबार प्रदेश १ केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। बुधबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानमा वर्षाको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ।