NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पूर्णरुपमा स्वस्थ छु : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले आफू अहिले पूर्ण रुपमा स्वस्थ रहेको बताएका छन् । सोमबार पेटमा समस्या आउँदा कांग्रेसको पदाधिकारी बैठक रोकिएको थियो । तर, मंगलबार भने आफ्नो स्वास्थ्य ठीक भएको पौडेलले जनाएका छन् । ‘हिजो मेरो पेटमा सामान्य समस्या आएर आराम गरेको थिएँ । अहिले म प्रर्ण रुपमा स्वस्थ छु । मेरो स्वास्थ्यको चिन्ता गरेर स्वास्थ्यलाभको कामना गर्नु हुने सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ पौडेलले सामाजिक संजालमा लेखेका छन् । हिजो मेरो पेटमा सामान्य समस्या आएर आराम गरेको थिए । अहिले म पुर्ण रुपमा स्वस्थ छु । मेरो स्वास्थ्यको चिन्ता गरेर स्वास्थ्य लाभ को कामना गर्नु हुने सम्पुर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।Posted by Ram Chandra Paudel on Monday, May 3, 2021

ताजा अपडेट

नेपालवाच विशेष