NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चार जिल्लामा थप आठ संक्रमितको मृत्यु

काठमाडौं । मंगलबार बिहान चार जिल्लामा थप आठ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार मोरङ र सुनसरीमा ६ जना र चितवनमा उपचाररत चितवन र बाराका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक–एक जनाको मृत्यु भएको हो । नोबेलमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेल अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उपचारका क्रममा बिहान ४ः१५ बजे मृत्यु भएको हो । यस्तै सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्ध महिलाको नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । यसैगरी सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५:४५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको भने होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक रहेका उनको बिहान ४ बजे मृत्यु भएको हो । यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले जानकारी दिए । यस्तै, चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् । माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै बाराको जीतपुर सिमरा उप(महानगरपालिका(१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६स्४५ बजे मृत्यु भएको हो

ताजा अपडेट

नेपालवाच विशेष