NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललितपुरका सीडीओलाई कोरोना पुष्टि, उपत्यकाका सीडीओको बैठक बस्दै

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आज हुने भनिएको उपत्यकाका सीडीओबीचको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिए । ‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उनले भने । निरौला होम आइसोलेसनमा छन् । ‘मेरो स्वास्थ्य अवस्थामा समान्य नै छ । तै पनि सजक त हुनुपर्‌यो । त्यसैले मैले घरबाटै अनलाइनमार्फत बैठकमा उपस्थिति जनाउनेछु’, नेपालवाचसँग उनले भने । यस्तै, कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइनेछ । उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ । यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ । सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष