NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थोक कर्जा प्रवाह गर्ने र निक्षेप संकलन गर्ने लघुवित्तलाई वित्तीय विवरण एनएफआरएसमा निकाल्न राष्ट बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्तलाई वित्तीय विवरण (एनएफआरएस) बाट सार्वजानिक गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले यस्ता लघुवित्तहरुलाई २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन अनुसार निकाल्न भनेको हो । एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्न राष्ट्र बैंकले ढाँचासमेत दिएको छ । हाल साना किसान लघुवित्त, आरएमडीसी लघुवित्त, आरएसडीसी लघुवित्त र फस्ट माइक्रोफाइनान्सले थोक कर्जा प्रवाह गर्दै आएका छन् । यस्तै, निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तलाई राष्ट्र बैंकले सर्वसाधारणबाट निक्षेप संकलनको अनुमति दिएको छ ।