NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

खेलाडीमा संक्रमण देखिएपछि आईपीएल स्थगित

काठमाडौं । कोरोना संक्रमणका कारण जारी इन्डियन प्रिमियर लिगका बाँकी खेल (आईपीएल) स्थगन गरिएको छ । बीसीसीआईका भाइस प्रेसिडेन्ट राजिव शुक्लाले मंगलबार दिउँसो २ बजे आईपीएल स्थगन भएको जानकारी दिएका हुन् । ‘प्रतियोगितालाई पूरा गर्न सकिन्छ/सकिँदैन भन्नेबारे छलफलमै छौं । अहिले त खेलाडीमा कोरोना संक्रम‌ण देखिएपछि खेल स्थगन गरिएको हो,’ उनले भने । उनको भनाइका अनुसार आईपीएलका खेल्न बाँकी ३१ खेलको समयतालिका पुनरावलोकन गर्न सकिने बुझिएको छ । पछिल्लो दुई दिनमै आईपीएलका विभिन्न टोलीमा आवद्ध करिब दर्जन खेलाडी संक्रमित भएका छन् । अहिलेसम्म संक्रमित बनेका खेलाडी र प्रशिक्षकवरुण चक्रवर्ती – कोलकाता नाइट राइडर्ससन्दीप वारियर – कोलकाता नाइट राइडर्सनितिश राणा – कोलकाता नाइट राइडर्सदेवदत्त पडिक्कल – रोयल च्यालेन्सर्ज बेंग्लोरअक्षर पटेल – दिल्ली क्यापिटल्सएनरिच नोर्खिया – दिल्ली क्यापिटल्सडेनियल स्याम्स – दिल्ली क्यापिटल्सअमित मिश्रा – दिल्ली क्यापिटल्सरिद्धिमान साहा – सनराइजर्स हैदराबादलक्ष्मीपति बालाजी (प्रशिक्षक) – चेन्नई सुपर किंग्सकिरण मोरे (प्रशिक्षक) – मुम्बई इन्डियन्स

ताजा अपडेट

नेपालवाच विशेष