NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ । पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलाई नगरपालिकाका उप–प्रमुख निलुदेवी कापरलाई एमालेको लागेको भन्दै स्पष्टीकरण सोधेको हो । सोमबार माओवादी केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन ? तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको हो वा होइन ? तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन ?’ पार्टीका जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवले सोधेको स्पष्टीकरणको जवाफ तीनदिन दिनभित्र माग गरिएको छ । तीन दिनेभित्र स्पष्टीकरणको जवाफ नदिए पार्टीको विधानअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।