NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकार अल्पमतमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमार्फत विश्वासको मत लिने भनेपछि माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको छ । आज पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारबाट समर्थन फिर्ता लिएको निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । २०७४ फागुन ३ गते एमाले नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको उनले बताए । यसअघि ने मन्त्रीलाई फिर्ता बोलाएर अनौपचारिक रुपमा समर्थन फिर्ता गरे पनि अहिले भने औपचारिक रुपमै फिर्ता लिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको छ ।