NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सात अध्यादेश जारी गरेपछि देउवाको आपत्ति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी लगायतका ७ वटा अध्यादेश जारी गरेकाेप्रति आपत्ति जनाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट ७ अध्यादेश जारी भएपछि सभापति देउवाले आपत्ति जनाएका हुन । ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’ बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले पनि अध्यादेश जारी गरिएकोमा आपत्ति जनाएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष