NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जनकपुरमा बोरामा बेरिएको अवस्थामा पुरुषको शव भेटियो

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २३ विन्दीमा एक पुरुषको शव बोरामा बाँधेर राखेको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ विन्दी स्थित ६ लेनको सडक छेउका आँपको बगैंचामा बोरामा राखेर फालिएको अवस्थामा शव बरामद भएको धनुषा प्रहरीले जनाएको छ । फेला परेको शव अन्दाजी ५०/५५ वर्षीय पुरुषको रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । प्रारम्भिक अनुसंधानका क्रममा गर्दनमा दाग देखिए पनि शरीरको अन्य भागमा केही नभेटिएको प्रहरी उपरीक्षक रानाभाटले बताए । घटनास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग गरी अनुसंधान गरिरहेको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।