NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

केएमसीमा कोरोनाका बिरामीलाई प्रतिदिन न्यूनतम २० हजार शुल्क

काठमाडौं । कोरोना कहरले मानिसहरु आक्रान्त भइरहेका बेला निजी मेडिकल कलेजले भने धान्नै नसक्ने शुल्क निर्धारण गरेका छन् । काठमाडौंस्थित काठमाडौं मेडिकल कजेज पब्लिक हेल्थ लिमिटेडले नयाँ भर्ना हुने कोभिडका बिरामीका लागि न्यूनतम प्रतिदिन २० हजार शुल्क तोकेको छ । मेडिकल कलेजले मंगलबार एक सूचना जारी गर्दै हालसम्म भर्ना भएकाका लागि यथावत शुल्क र नयाँ भर्ना हुनेका लागि न्यूनतमम २० हजार प्रतिदिन शुल्क तोकेको हो । सिंगल क्वाबिनका लागि २० हजार र डबल क्याबिनका लागि १० हजार न्यूनतम शूल्क तोकेको हो । यस्तै, कोभिड बिरामीका लागि नयाँ क्याविनको थप गरिएको भन्दै कलेजले कोडिभ क्याविन डिलक्समा प्रतिदिन २५ हजार रुपैयाँ तोकेको छ । यसैगरी कोभिड क्याविन सुपर डिलक्समा भर्ना हुन आउने नयाँ बिरामीका लागि भने ३० हजार रुपैयाँ प्रतिदिन शुल्क तोकेको छ । मानिसहरु कोरोनाको उपचार नपाएर मरिरहँदा निजी मेडिकल कलेजहरुले तोक्ने चर्को शुल्कका कारण विपन्न वर्गका बिरामीहरु थप मर्कामा परेका छन् । कलेजले उक्त शुल्क बैशाख १९ गते बेलुका ६ बजेदेखि लागू हुनेगरी सूचना प्रकाशन गरेको छ ।