NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु लोकतन्त्रको दुर्भाग्य हो : गगन थापा

काठमाडौं । कांग्रेस नेता गगन थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । साथै, राष्ट्रपति प्रधानमन्त्रीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु लोकतन्त्रकै दुर्भाग्य भएको थापाको भनाई छ । ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो’ सामाजिक संजालमा लेख्दै थापाले भनेका छन्, ‘अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’ २७ वैशाखमा संसदको विशेष अधिवेशन बस्दैछ । यसमा प्रधानमन्त्रीले विश्वासको मत लिंदैछन् । तर, मंगलबार मात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धीसहितका सात अध्यादेश जारी गरेकी थिइन् । विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित…Posted by Gagan Thapa on Tuesday, May 4, 2021

ताजा अपडेट

नेपालवाच विशेष