NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

काठमाडौं । बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ४ जनाको घटना स्थलमा र २ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षका तेज बहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ४ जना घाइतेसमेत भएका छन् । उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख, प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । सांकेतिक तस्बिर