NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आजका ‘गुड न्युज’ : कोरोना संक्रमित महिलाका लागि ५० शैय्याको अस्पताल

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संपे्रषित भए । त्यसमध्ये नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो ।विकृत राजनीतिक विषयवस्तु र कोरोना महामारीका क्राषदिपूर्ण खबरहरूले सञ्चारमाध्यम भरिएका छन् । नकारात्मक खबरको बाढीकाबीच नगन्य संख्यामा केही सकारात्मक सन्देशहरू पनि छन् । नेपालवाचले हरेक दिन साँझ दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गर्दै आएको छ । हामी चाहन्छौँ, नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । कोरोना संक्रमित महिलाका लागि ५० शैय्याको अस्पताल थापाथलीस्थित परोपकार तथा प्रसुति गृहले कोरोना भाइरस संक्रमितका लागि छुट्टै अस्पताल सञ्चालनमा ल्याएको छ । प्रसुति गृहले ५० एचडियू बेडसहितको अस्पताल सञ्चालनमा ल्याएको हो । यससँगै कोरोना संक्रमित गर्भवतीले सुत्केरी हुने सहज बनेको छ । अस्पताल आउने गर्भवतीको सुरुमा कोरोना परिक्षण गरिन्छ । कोरोना पोजेटिभ देखिए अस्पतालकै कोभिड वार्डमा राखेर उपचार गरिनेछ । अस्पतालले कोपुण्डोलस्थित आफ्नै नर्सिङ कलेजमा एचडियू बेड राखेको हो । ५० शैय्याको एचडियू बेडमा २० सिट गर्भवतीका लागि छुट्याइएको छ भने बाँकीमा गर्भवतीवाहेकका कोरोना संक्रमित महिलाको उपचार गरिनेछ । तर, त्यहाँ सिधै कोरोनाका सिकिस्त विरामीलाई भने भर्ना गरिने छैन । हाल अस्पतालसँग कोरोनाका बिरामीलाई भर्ना लिनका लागि पिसिआर मेसिन, प्राविधिक, डाक्टरलगायतका सुविधा नभएकाले टेकु अस्पतालले जाँच गरेर पठाएका विरामीलाई मात्रै राखिने छ । च्यासलको गुठिघरमा बन्यो आइसोलेसन सेन्टर च्यासल मंका खलःलले आफ्नो गुठिघरलाई आइसोलेसन सेन्टर बनाएको छ । आफ्नो टोलमा आउनसक्ने महामारीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै मंका खलः, च्यासल युवा क्ल्ब र च्यासल युवा रेडक्रस सर्कलको सहकार्यमा गुठीघरमा आइसोलेसन सेन्टर स्थापना गरेका हुन् । उक्त आइसोलेसन सेन्टरमा पाँचवटा बेड, अक्सिजन सिलिन्डर र ह्वीलचेयर छन् । त्योसँगै बिरामीलाई आवश्यक औषधी, पन्जा, मास्क, फेस सिल्ड, अक्सिजन मास्कलगायत पनि राखिएका छन् । त्यहाँका स्थानीयले अब अक्सिजन नै चाहिन सक्ने स्थिती आएमा गुठिघरमा गएर उपचार गर्न सक्नेछन् । बुटवल उपमहानगरमा निःशुल्क अक्सिजन सेवा सुरु बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितलाई निःशुल्क अक्सिजन सेवा दिने भएको छ । त्यसको लागि बुटवलका सामुदायिक आइसोलेसन, होटल र आफ्नै घरमा रहेका कोरोना संक्रमितलाई श्वासप्रस्वासमा समस्या आएमा स्वास्थ्यकर्मीको टोली अक्सिजन लिएर विरामी भएकै ठाउँमा पुग्ने छ । उक्त कामका लागि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अक्स्जिन सेवा बैंकको शुभारम्भ गरेका छन् । त्यसको लागि कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, गाडी, एम्बुलेन्स र स्वास्थ्यकमीलाईसमेत तयारी अवस्थामा राखिएको छ ।