NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बुटवलको कोरोना अस्पतालमा उपचाररत चार संक्रमितको मृत्यु

बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको हो । यस्तै बञ्‍चन गाउँपालिका–४ का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको हो । यस्तै बुटवल–९का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकी थिइन् । उनको पनि उपचारको क्रममा बुधबार बिहान ६ः२२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६ः३८ मा मृत्यु भएको हो ।