NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

माओवादी केन्द्रले बुझायो सरकारबाट समर्थन फिर्ता लिएको पत्र

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयमा बुझाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक निर्णय गरेको थियो । अहिले केही बेरअघि संसद् सचिवालयमा पुगेर माओवादी केन्द्रले सरकाबाट समर्थन फिर्ता गरेको पत्र बुझाएको हो । फागुन २३ मा सर्वोच्चको फैसलापछि अलग–अलग भएपछि माओवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाइएको थियो । तर, औपचारिक रुपमा सरकारबाट समर्थन फिर्ताको घोषणा भने गरेको थिएन । बैशाख २७ गते ओलीले विशेष अधिवेशनमार्फत विश्वासको मत लिने घोषणा गरेपछि माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारबाट औपचारिक रुपमा समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।